२०८१ कार्तिक १० गते शनिवार | 2024 October 26th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु भन्दै पूर्व मिस नेपाल खतिवडा पतिप्रति देखिइन् अत्याधिक समर्पित

Getting married on mangsirr 28 former Miss Nepal shrinkhala Khatiwada

काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडा बेला बेला ट्रोलको शिकार बनिरहेकी हुन्छिन् । प्रेम र विवाहलाई लिएर उनले सामाजिक सञ्जालमा ठूलै धक्का महसुस गर्नु पर्यो ।

विवाहपछि उनी सामाजिक सञ्जालमा खासै देखिइनन् । आजभन्दा १० महिना अघि सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेको भिडियोपछि उनले टिकटकमा खासै केही पोष्ट गरिनन् । तर ६ दिन अघि उनले एका-एक ६ वटा भिडियो बनाइन् । अधिकांश सम्भव र परिवारलाई समर्पण गरेका भिडियो उनले राखेकी छिन् । हिजो मात्र उनले निक्कै मार्मिक गीत
भईसम्मै टेके मैले, तिमी टेक्नु धुरी,
सकेजति छेकिदिऊँला घाम आँधी हुरी !
पाखुरीमा तागत रहेसम्म बोकी हिँड्छु !!

शब्दको गीतमा भिडियो बनाइन् । योपनि उनले आफ्ना श्रीमान सम्भवलाई समर्पण गरेको बुझिन्छ । उनी सामाजिक सञ्जालबाट अहिले आफ्ना पतिलाई प्रभावित गर्न खोजिरहेकी छिन् भन्ने देखिन्छ । यसले प्रेमले गहिरो बन्दै गएको हो वा केही असहज भएपछि सहजताका लागि कोसिस गर्दैछिन् भन्ने देखाउँछ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस