२०८१ कार्तिक ९ गते शुक्रवार | 2024 October 25th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रुपन्देही जिल्ला अदालतबाट पनि रविविरुद्ध पक्राउ पुर्जी जारी [ पुर्जीसहित ]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । प्रहरीले बिहीबार थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पनि लिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस