२०८१ कार्तिक ८ गते बिहिवार | 2024 October 24th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘वर्तमान सरकार परिवर्तन गर्ने बारे सोच्न सकिँदैन’ : डा. शेखर कोइराला

८ कार्तिक , काठमाण्डौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतन बार सोच्न नसकिने बताएका छन् ।
बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशोधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने समेत बताए ।

उनले वर्तमान सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तिब्रता दिनुपर्ने उल्लेख गरे । जनताले आशा र अपेक्षा गरे अनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त नभएको उनले बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस