२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज फेरि घट्यो सेयर बजार : नेप्से २० अंकले घट्दा ६ अर्ब बढीको कारोबार

७ कार्तिक , काठमाडौँ । आज सेयर बजार पुन: ओरालो लागेको छ । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २०.४१ अंकले घटेको छ । आज बजार परिसूचक २६४५.३९ बिन्दुमा झरेको छ ।

आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । यस दिन ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ सेयर किनबेच भएको छ । मंगलबार ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको थियो ।

यस दिन कारोबार अवधिभर ३२४ कम्पनीको एक करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर खरिदबिक्री भएको छ । आज फाइनान्स र व्यापार समूह बाहेक अन्य सबै सूचक राताम्य बनेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस