२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देशभर २२ हजारमा डेंगी संक्रमण, ११ जनाको मृत्यु !

६ कार्तिक , काठमाडौँ । यो वर्ष देशभर डेंगी संक्रमितको संख्या २२ हजार नाघेको छ । जनवरीदेखि २१ अक्टोबरसम्म २२ हजार ८२ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ११ जनाको मृृत्यु भएको छ । डेंगीबाट हालसम्म सबैभन्दा धेरै काठमाडौंबासी संक्रमित भएका छन् । काठमाडौंमा अक्टोबरका २१ दिनमा एक हजार ५२७ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

योसँगै काठमाडौंमा डेंगी संक्रमितको संख्या तीन हजार ५९४ पुगेको छ । कास्कीमा तीन हजार १८८, तनहुँमा दुई हजार १९५ ,पर्वतमा एक हजार ५८८ र चितवनमा एक हजार २० जना संक्रमित भएका छन् । यी बाहेक अन्य जिल्लामा संक्रमितको संख्या एक हजारभन्दा कम छ । यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस