२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर आगो लगाइएकी पूर्णकुमारीको मृत्यु

६ कार्तिक, काठमाण्डौँ । उदयपुरमा श्रीमानले पेट्रोल छर्किएर शरीरमा आगो लगाइएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । असोज २२ गते घरायसी विवादमा उदयपुरको बेलका नगरपालिका–८ डुडखोलाकी ४० वर्षीया पूर्णकुमारी राईलाई ४८ वर्षीय श्रीमान दानबहादुर राईले पेट्रोल छर्किएर शरीरमा आगो लगाइ दिएका थिए ।

आगोले जलेर गम्भीर घाइते पूर्णकुमारीको धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकाका प्रहरी निरीक्षक सुमन बाँनियाले जानकारी दिए । घटनामा संलग्न श्रीमानलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिइ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ । मृतकको शव सोमबार पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस