२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

के तपाई करोडपति बन्न चाहानुहुन्छ ? यी हुन् करोडपति बन्ने ७ आधारहरु

६ कार्तिक , काठमाण्डौँ । पछिल्लो समय विश्वभर करोडपतिहरूको सङ्ख्या बढ्दै गएको छ । जसमा अमेरिका,जर्मनी, बेलायत, फ्रान्स लगायतका मुलुकमा करोडपतिहरूको सङ्ख्या तीव्र गतिमा बढ्दै गएको देखिन्छ । यीमध्ये विश्वको एक यस्तो मुलुक छ, जहाँ प्रत्येक ७ जनामध्ये १ जना करोडपति छन् ।
अमेरिकाको तुलनामा स्वीट्जरल्यान्डमा करोडपति बन्ने वयस्कहरूको सङ्ख्या बढ्दो क्रममा छ ।

व्यवसायीक क्षेत्र पहिचान गरी आफ्नो आर्थिक विकासमा लागेका युवा शक्ति नयाँ स्रोतको खोजी पनि गर्छन् । स्वीट्जरल्यान्डका एकजना स्थानीय उद्योगपतिले करोडपति बन्ने आधारहरुबारे खुलासा गरेका छन् ।

जुन करोडपति बन्नको लागि अपनाएका केही ७ आधारहरु निम्नअनुसार छन्

जोखिम कम, अवसर बढी

बिजनेस टुडेमा प्रकाशित एक प्रतिवेदन अनुसार स्वीटजरल्यान्डका एकजना प्रविधि क्षेत्रका करोडपति व्यावसायीका अनुसार करोडपति बन्नका लागि पहिला जोखिमलाई कम गर्ने र अवसरलाई बढाउने रणनीतिमा काम गर्नुपर्ने हुन्छ।

डिजाइनर लोगो र विदेशी देखासिकीको प्रयोग नगर्ने

तपाईंले स्वीस करोडपतिहरूलाई डिजाइनर लोगो र विदेशी देखासिकीको प्रयोग गर्ने गरेको देख्नुहुन्न । उनीहरू आफ्नो क्षमता अनुसारले खर्च गर्छन् र जुन बचत भएको रकम हुन्छ त्यसलाई पनि कतै न कतै लगानी गर्छन् । यो कुनै प्रकारको कमजोरी होइन । बरु सन्तुष्टिको उदाहरण हो । यो अनुसाशित बानीले तपाईंको धनलाई समय सँगसँगै बढाउने काम पनि गर्छ ।

सीमाभन्दा बढीको सोच
स्वीस लगानीकर्ताहरू सीमाभन्दा बढी सोच्ने गर्छन् । उनीहरूले आफ्ना सम्पत्तिमा मात्रै नभई घर र नागरिकतामा पनि विविधता ल्याउँछन् । कतिपय मानिसहरूसँग अर्को पासपोर्ट वा अर्को देशमा बसाइ हुन्छ । जसले बढी वित्तिय अवसरलाई खुला गर्छन् । यो वैश्विक मानसिकताले उनको आर्थिक सुरक्षा र वृद्धि हुने दरलाई बढाउनमा मद्दत गर्न सहयोगी हुन सक्छन् ।

धैर र दीर्घकालीन लगानीमा केन्द्रीत
स्वीस करोडपतिहरू चाडो धनी बन्ने योजनाका पछि भाग्दैनन् । बरु धैर र दीर्घकालीन दृष्टिकोणका साथ पुस्तौपुस्ता धनको निर्माण गर्नमा लागिरहन्छन् । इमान्दारीका साथ कमाइने धनले चाडो पैसा जोड्ने बारेमा हुँदैन । यो समयसँगै बनाइराख्न र बढाउनेबारेमा केन्द्रीत रहन्छ। यस्तो सोचाइको सकारात्मक प्रभाव उनको कुल आम्दानीमा पनि पर्छ ।

घर खरिद गर्नुको साटो भाडामा लिने
अमेरिकामा जहाँ ६५ प्रतिशत वयस्कसँग आफ्नै घर छ भने त्यसको तुलनामा स्वीटजरल्यान्डमा मात्र ४१ प्रतिशत वयस्कसँग मात्रै आफ्नो घर छ । स्वीस मिलेनियल्स, विशेष रुपले घर खरिद गर्नुको साटो भाडामा लिन रुचाउँछन् । घर खरिद नगरी बचेको पैसा उनीहरू उच्च फिर्ता आउने लगानी क्षेत्रमा लगानी गर्छन् ।

अटोमेटिक सेभिङ्ग
स्वीस उद्योगीहरूको पैसा बचत गर्ने अर्को कारण हो, बचत । स्वीटजरल्यान्डका उद्योगीहरू आफ्नो आयको एक भाग अटोमेटिक बचतमा राख्ने गर्छन् । आम्दानीको २० देखि ३० प्रतिशत भाग अटोमेटिक सेभिङ्गमा हुन्छ । र, यसबाट निकालेर लगानी गरेपछि बाँकी बचेको पैसा अन्य कुनै खर्चमा प्रयोग गर्ने गर्छन् । यो अनुसाशित दृष्टिकोण समयको साथसाथै लगातार र पर्याप्त बचत सुनिश्चित गर्नुका साथै तीनको सम्पत्तिमा पनि वृद्धि गराउँछ ।

सिप विकासमा लगानी गर्ने
स्वीटजरल्यान्डमा शिक्षालाई डिग्रीका लागि मात्रै नभई सिप विकासको वृद्धिका लागि महत्त्वपूर्ण मानिन्छ । स्वीसमा व्यक्तिले आफ्नो वार्षिक आम्दानीको ५ देखि १० प्रतिशत व्यक्तिगत विकासमा लगानी गर्ने काम गर्छन् । विशेष रुपले भाषा, उद्योग सम्बन्धी जानकारी प्राप्त गर्ने र वित्तिय साक्षरतामा यसको प्रयोग गरिन्छ । उक्त रणनीतिले पनि व्यक्तिलाई पर्याप्त दीर्घकालीक लाभ प्रदान गर्छ। एजेन्सी

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस