२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : पाँच ओटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

६ कार्तिक, काठमाडौँ । अहिले मधेश, बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ​आज ​दिउँसो कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । त्यस्तै, बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

राति भने पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस