२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महिला टी-२० विश्वकपको ऐतिहासिक उपाधि न्युजिल्यान्डले जित्यो

५ कार्तिक, काठमाण्डौँ । वुमेन्स ट्वान्टी-२० विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले ऐतिहासिक उपाधि जितेको हो । न्युजिल्यान्डले महिला ट्वान्टी-२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता जितेको हो ।

दक्षिण अफ्रिकाले टस जितेर शुरू न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । न्युजिल्यान्डले दिएको १५८ रनको लक्ष्य भेट्न नसक्दा दक्षिण अफ्रिका उपविजेतामा सीमित बनेको हो ।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १२६ रनमा समेटियो । न्युजिल्यान्डले सन् २००९ र २०१० को पनि फाइनल खेलेको थियो, तर दुवै अवसरमा पराजित रहेको थियो । न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा १ सय ५८ रन बनाएको थियो । अमेरिया केरले सर्वाधिक ४३ रन बनाइन् । केरलेपछि बलिङ गर्दै २४ रनमा तीन विकेट पनि लिइन्उनी नै ‘प्लेयर अफ द म्याच’ भइन् ।

न्युजिल्यान्ड सेमिफाइनलमा वेस्ट इन्डिजलाई पराजित गर्दै फाइनल प्रवेश थियो भने दक्षिण अफ्रिका अस्ट्रेलियालाई हराउँदै फाइनल पुगेको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस