२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गाजामा इजरायलले गरेको हवाई हमलामा ८७ जनाको मृत्यु

५ कार्तिक , काठमाण्डौँ । उत्तरी गाजाको बेट लाहियामा इजरायलले गरेको हवाई हमलामा ८७ जनाको मृत्यु भएको भएको छ ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार आक्रमणमा अन्य ४० भन्दा बढी घाइते भएका छन् । धेरै मानिस भग्नावशेष मुनि पुरिएको आंशका छ ।

इजरायलले हताहतको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ । मध्य पूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्र विशेष संयोजक टोर वेन्सल्याण्डले गाजामा कुनै पनि ठाउँ सुरक्षित नभएको बताएका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस