२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहरा र अश्रुग्यास प्रहार

४ कार्तिक , पोखरा । सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता–कार्यकर्ताहरूमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास हानेको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका रास्वपा नेता–कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको हो । पार्टीका सभापति रवि लामिछानेलाई ‘राजनीतिक प्रतिशोध’ मा समातिएको भन्दै रास्वपाका नेता–कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस