२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘सरकारले फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छ’ : रवि लामिछाने

४ कार्तिक , पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास रहेको बताएका हुन् ।

‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछानेले केपी ओली यो देशको प्रधानमन्त्री हुनु देशको दुर्भाग्य रहेको बताएका छन् । यो देशमा भ्रष्टाचारको जगमा ओली उभिएको उनको भनाइ छ ।

जिल्ला अदालत जाने क्रममा पत्रकारसँग बोल्दै उनले न्यायको पक्षमा सारा जनता सडकमा ओर्लिन पनि आह्वान गरेका छन् । सहकारी ठगीको मुद्दामा उनी यतिबेला कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस