२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

४ कार्तिक , काठमाडौं । टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिका समक्ष १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनाएको छ ।

नेपालका लागि कुशल भुर्तेलले नट आउट रहँदै सानदार पारी खेले । उनले जम्मा ५४ बलमा ९४ रन बनाए । त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान अनिल साहले ३१ ब्लमा २५ रन बनाए भने भने गुलशन झा १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २-२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे । आजको खेलमा नेपालले जित हात पार्‍याे भने सिरिजमाथि पनि कब्जा जमाउने छ । यसअघिको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराउँदै तीन खेलको टी–२० सिरिजमा १–० ले अघि छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस