३ कार्तिक, काठमाण्डौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् ।
दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा आज एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत असोजभरको तुलनामा बढी हो ।
प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार