२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वमन्त्री चौधरीको पहलमा सुनसरीका १०० विपन्न परिवारलाई निःशुल्क घर दिइने

काठमाडौँ, ३ कार्तिक । महिला विकास उत्सुकता मञ्च (फरवार्ड) मार्फत सुनसरी निर्वाचन क्षेत्र नं. ३ का एक सय विपन्न परिवारलाई निःशुल्क घर निर्माण गरिदिने सहमति भएको छ ।

ताइवानी संस्था चुजी फाउन्डेसनको सहयोगमा फरवार्डले ती घरहरू निर्माण गर्नेछ । जस अन्तर्गत पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर र इनरुवा नगरपालिका वडा नं ७ (चांद्बेला) मा ३० घर निर्माण हुनेछन् ।

सोही परियोजना अन्तर्गत गढी र चांद्बेलाका स्थानीयसँग प्रारम्भिक छलफल गरिएको छ । त्यस अवसरमा बोल्दै पूर्वमन्त्री तथा सुनसरी ३ का प्रतिनिधि सभा सदस्य भगबती चौधरीले स्थानीयमा उत्साह, आशा, भरोसा र विश्वास रहेको पाएको बताउनुभयो । उँहाले भन्नु भयो , ‘स्थानीयमा उत्साह, आशा, भरोसा र विश्वास रहेको पाए । सम्भव भएसम्म सबै स्थानीयको आशा, विश्वास र भरोसा टुट्न दिने छैन । स्थानीयका अपेक्षा पुरा गर्न अहोरात्र खटिरहन प्रतिबद्ध छु ।’

आगामी कात्तिक १४ गते चंद्बेलाबाट आयोजनाको शुभारम्भ गरिने फरवार्डका कार्यकारी निर्देशक द्रब्यराज चौधरीले बताए । सुनसरी निर्वाचन क्षेत्र न ३ मा सञ्चालन हुने उक्त योजनाका लागि इटहरी ७, ९ र १० वडाका विभिन्न विपन्न बस्तीमा पनि निःशुल्क घर निर्माण गरिने योजना रहेको भएपनि सहयोगी संस्थाको सल्लाहअनुसार पहिलो चरणमा गाउँ केन्द्रित भएर आयोजना अगाडि बढेको बताइएको छ ।

त्यस अवसरमा योजना सफल भए दोस्रो चरणमा एक हजार घर बनाउन तयार रहेको चुजी फाउन्डेसनका कन्ट्री डाइरेक्टर निर्देश शाक्यले बताएका थिए ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस