२ कार्तिक, काठमाण्डौँ । हमासका राजनीतिक प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा खुशी छाएको छ भने विश्वभरबाट प्रतिक्रिया आउन थालेका छन् ।
सिनवारकै कारण विनाशकारी युद्ध भएको भन्दै इजरायललगायत उसका समर्थक देशले सिनवारको मृत्युलाई महत्त्वपूर्ण सैन्य उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवारको मृत्युको दिनलाई इजरायल, अमेरिका र विश्वका लागि राम्रो दिन भनेका छन् । अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले सिनवारको मृत्युलाई युद्धको प्रकृति परिवर्तन गर्ने अवसर भएको बताएका छन् ।