२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द

२ कार्तिक, मकवानपुर । कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।
इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए ।

दुवै सडकको वैकल्पिक मार्ग हेटौंडा-भैंसे-पालुङ-काठमाडौं र कान्तिलोकपथ-हेटौंडा-ठिङ्गन-काठमाडौं प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस