२०८१ असोज ३० गते बुधवार | 2024 October 16th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँ बढाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस