२०८१ असोज ३० गते बुधवार | 2024 October 16th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादीमा प्रचण्डले नेतृत्व छाड्नुपर्ने प्रस्ताव राखेका जनार्दन विप्लव भेटले राजनीतिमा तरंग

proposal to leave Prachanda's leadership of the Maoists caused waves in politics after the meeting with Janardan Biplab

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उपमहासचिव शर्माले महासचिव विप्लवको कपिलवस्तुस्थित निवासमै पुगेर मंगलबार भेट गरेका हुन् ।

भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको महासचिव विप्लवले बताए । पूर्वमाओवादी घटकहरुबीचको एकता र मोर्चाबारे पनि छलफल भएको उनको भनाइ छ । उनले भने, ‘उहाँसँग समसामयिक विषयमा छलफल भयो । वामपन्थी शक्तिलाई बलियो बनाएर जानुपर्छ भन्नेबारे पनि कुराकानी भएका छन् ।’

त्यसो त विप्लवसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि निरन्तर संवादमा छन् । प्रचण्डले पछिल्लो समय पूर्वमाओवादी घटकहरुबीचको एकताको प्रयास गरिरहेका छन् । माओवादीसँग एकताको लागि विप्लव पनि तयार देखिँदै आएका छन् ।

तर उपमहासचिव शर्मा पछिल्लो समय पार्टी नेतृत्वप्रति असन्तुष्ट सुनिँदै आएका छन् । लिखित रुपमै प्रचण्डलाई संरक्षक बनाएर नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका शर्मा र विप्लवबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ, तर माओवादीमा शर्माले अघि सारेको प्रस्तावमा समीक्षा गर्न नेताहरू तयार भए पनि तत्काल प्रचण्डको विकल्पमा जान नहुने निष्कर्ष निकालेको छ ।

पार्टीभित्र शर्मा र अर्का उपमहासचिव वर्षमान पुनले मिलेर दबाब बढाएपछि प्रचण्डले विप्लवलाई महासचिव बनाएर भित्र्याउने चर्चासमेत चलेको थियो । जसकारण विप्लवलाई माओवादीमा भित्र्याउन शर्मा र पुनले रोकेको आरोपसमेत लागेको थियो ।

प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस