२०८१ असोज ३० गते बुधवार | 2024 October 16th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स

2 trillion 63 billion remittances were received in two months

२९ असोज, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो ।

चाडबाडका बेला विदेशमा रहेका नेपालीले बढी रकम नेपाल पठाउने गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको यसै महिनाको तुलनामा १८.७ प्रतिशतले बढी हो । अमेरिकी डलरमा रेमिट्यान्स १ अर्ब ९६ करोड आएको छ । अघिल्लो वर्षको यसै महिनामा डलरमा रेमिट्यान्स १ अर्ब ७३ करोड थियो ।

यस महिनासम्म ७६ हजार ४ सय ८५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । ४० हजार ५ सय ८३ जनाले पुनः श्रम स्वीकृति लिएको देखिन्छ । अघिल्लो आवको सोही अवधिमा यो संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ थियो । यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा समेत केही वृद्धि देखिन्छ । समीक्षा अवधिमा खुद द्वितीय आय (ट्रान्सफर) २ खर्ब ८६ अर्ब ४५ करोड रुपैयाँ बराबर भएको देखिएको छ । अघिल्लो वर्ष खुद ट्रान्सफर २ खर्ब ५१ अर्ब ६५ करोड थियो ।

 

प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस