२०८१ असोज २८ गते सोमवार | 2024 October 14th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीमतीको हत्या गरी जंगलमा लुकेका झापाली ३ घण्टामै प्रहरीको फन्दामा

6 people including inspector arrested from examination center in Rautahat

झापा । झापामा श्रीमतीको हत्या गरी फरार एक पुरुषलाई प्रहरीले घटनाको ३ घण्टामै पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका-३ दार्जिलङ डाँडामा ४९ वर्षका वीरबहादुर चौहानले आज दिउँसो ३:५० तिर आफ्नै पत्नी ३७ वर्षीया मुनालाई धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्यापश्चात भागेको झापा प्रहरीले बताएको छ ।

वीरबहादुरलाई खुदुनाबारी प्रहरी चौकीको टोलीले दिउँसो ४:५५ बजे जुकेखाडी जंगलमा लुकीछिपी हिँड्डुल गरिरहेको बेला पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस