२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना गम्भिर

२७ असोज, काठमाडौं । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ । ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो ।

टाउकोमा चोट लागेका पाँच जना घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस