२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गौशाला खाली गर्न गएको काठमाडौं महानगर प्रहरी र मारवाडी व्यवसायीहरूबीच धकेलाधकेल

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ। माडवाडीको प्रतिकारबीच महानगर प्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ।

सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीहरूबीच धकेलाधकेल भएको थियो। पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल भएको हो।

धर्मशाला खाली गराउन नमानेपछि नगर प्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीहरूले प्रतिवाद गरेका थिए। नगर प्रहरीले खाली गराउन नसकेपनि आफ्नो बोर्ड राखेको छ ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस