२०८१ असोज २२ गते मङ्गलवार | 2024 October 8th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्रीका प्रेस सल्लाहकार नै पत्रकारको आवरणमा अपराधिक लाभ लिन धम्की दिएको अभियोगमा पक्राउ

काठमाडौं । पत्रकारको आवरणमा आपराधिक लाम लिएको अभियोगमा अश्विन दानी पक्राउ परेका छन् । उनीमाथि डर त्रास देखाएर रकम माग गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार काठमाडौं कपनबाट पीडितसँग लिएको रकमसहित असोज २२ गते पक्राउ गरिएको हो । उनीमाथि नुवाकोटका चन्द्रबहादुर तामाङले जाहेरी दिएका थिए । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीको सचिवालयमा रहेर काम पनि गरिरहेका छन् ।

गोरखा नगरपालिका वडा न ३ नारेश्वर घर दानी ले ११ कक्षा पढ्दा देखी नै २०७३ देखि नै स्थानीय सञ्चार माध्यम मार्फत पत्रकारिता थाले । प्रेस चौतारी गोरखाका अध्यक्ष समेत बनेका उनी पछिल्लोसमय रन्जिता श्रेष्ठ को नागरिक उन्मुक्ति पार्टी निकट पत्रकारका केन्द्रीय अध्यक्ष हुन । गत चैतमा मुगा माला सहित पक्राउ परेका उनी धरौटीमा रिहा भएका थिए । उनी अहिले मन्त्री अरुण चौधरीका प्रेस सल्लाहकार हुन । उपत्यका अपराध अनुशासन कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो । मुद्दासहित उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको छ ।

 

 

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस