२०८१ असोज २२ गते मङ्गलवार | 2024 October 8th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिन्धुली बस दुर्घटनामा २ पुरुषको मृत्यु, यी हुन् मृतक र घाइते

२२ असोज, काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका १ बस्ने २६ वर्षीय बुद्धिमान तामाङ र अर्का एक पुरुषको मृत्यु भएको हो । बुद्धिमानको साथमा भएको एटिएम कार्ड र खोटाङ यातायात प्रालिको टिकटको आधारमा पहिचान भए पनि अर्का मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ ।

सोमबार काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी–५ स्थित द्वार खोलाको पुलमा ठोक्किएको थियो । दुर्घटनामा चालक सहित ४५ जना घाइते भएका थिए । २८ जना भने उपचार भएपछि घर फर्किएका छन् ।

बाँकी घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकी, धरानको घोपा अस्पताल र जानकी हेल्थकेयरमा उपचार भइरहेको छ । घोपा अस्पतालमा १२ जना, जानकी हेल्थ केयरमा ४ जना र कपिलाकोट स्वास्थ्य चौकीमा १ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस