२०८१ असोज २२ गते मङ्गलवार | 2024 October 8th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मूल्य ४०० रुपैयाँले घटेर एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला १९४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३७ हजार २ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६६३.५० रुपैयाँ कायम गरेको छ ।

 

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस