२०८१ असोज २२ गते मङ्गलवार | 2024 October 8th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेवानिको ठूलो जहाजको समेत काठमाडौं–भैरहवा उडानको टिकट सबै बिक्री

२२ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको जनाएको छ । नेवानिका प्रवक्ता रमेश पौडेलका अनुसार आज बिहान सबै टिकट बिक्री भएको छ । काठमाडौं भैरहवा रुटमा १५८ सिट नै बिक्री भएको र भैरहवा काठमाडौं रुटका लागि भने टिकट बाँकी रहेको उनले जानकारी दिए ।

फूलपातीको दिन नेवानिले १८५ सिटे न्यारोबडी जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडन गर्न लागेको छ । माग उच्च भए पनि नेवानिले एउटा मात्र उडान राखेको छ । जहाज अभावले थप उडान राख्न नसकेको नेवानिका अधिकृतहरुको भनाइ छ ।

 

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस