२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रपतिद्वारा प्रमुख शक्तिपीठ दक्षिणकाली मन्दिरमा पूजाअर्चना

२१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा आज बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् । काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ ।

सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनःनिर्माणमा सहयोगका लागि आग्रह गरे । साथै काठमाडौं मकवानपुरको सडक छिटो पुनःनिर्माण गरी निर्वाध यातायात सञ्चालन हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताए । राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस