२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेवा सुविधावापतको १५ लाख बाढीपहिरो पीडितलाई दिने पाँचखालका मेयरको घोषणा

२१ असोज, काभ्रे । पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले आफनो सेवा सुविधा वापत आउने रकम बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो तीन वर्षको सेवा सुविधावापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन ।

आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर उनले सेवा सुविधावापतको रकम काभ्रे जिल्लाका प्रभावित पालिकाका पीडितका लागि सहयोग गर्ने घोषणा गरेका हुन् । ‘पाँचखाल नगरभन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उहाँहरुलाई सानो भए पनि सहयोग होस् भनेर यो निर्णय गरेको हो,’ खरेलले भने ।

यही असोज ११ र १२ गते आएको बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक स‌ंस्था, कृषि, व्यवसायलगायत क्षेत्रमा ठूलो क्षति भएको छ । योसँगै खरेल लगायत नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शिवप्रसाद हुमागाईं, मधुप्रसाद आचार्य, गणेश लामालगायतले नमोबुद्ध, रोशी, पनौती, बेथानचोक, पाँचखाल, मण्डनदेउपुर लगायतका पालिकाहरुमा खाद्यान्न र त्रिपाल वितरण गरेका छन् ।

 

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस