२०८१ असोज १९ गते शनिवार | 2024 October 5th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पत्रकार महासंघको चुनाव मंसिर २८ गते तोकियो, सदस्यता विवाद समाधानको विकल्प समेत पारित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते तोकिएको छ । सदस्यता विवादका कारण बारम्वारको मितिमापनि चुनाव हुन नसकेपछि जिल्ला र प्रदेशहरुका अध्यक्षहरुको भेला बोलाइएको थियो ।

भेलाले सदस्यता विवाद समाधानको विकल्प समेत पारित गरेको छ । जिल्ला र प्रदेशले सर्वसम्मत निर्णय गरेको सदस्यताहरुलाई स्वीकार गर्ने भेलाको निर्णय छ । विवाद भएका सदस्यहरुको हकमा केन्द्र, प्रदेश र जिल्लाका अध्यक्षहरुले सम्बन्धित पक्षसँग छलफल गरेर टुंगो लगाउन भेलाले मार्गनिर्देश गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस