२०८१ असोज १९ गते शनिवार | 2024 October 5th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हायलक्स कार दुर्घटना हुँदा सबैको मनमा बसेका शिक्षक खनालको निधन, पाँच जना घाइते

Teacher Khanal, who was in everyone's mind, passed away due to a Hilux car accident

काठमाडौं । नुवाकोटको काफलडाँडामा हायलक्स कार दुर्घटना हुँदा तनहुँको व्यास नगरपालिका वडा–९ काजीफाँट (हाल तारकेश्वर नगरपालिका काठमाडौं) निवासी उपेन्द्र खनालको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका-८ काफलडाँडामा शनिबार काठमाडौंबाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा बा १४ च ३८५४ नम्बरको निजी हाइलक्स गाडी सडकबाट ५० मिटर तल खसेको हो। दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा चालक काठमाडौंको तारकेश्वर १ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन- ३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल र ५१ वर्षीया गायत्री खनाल घाइते भएको प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका खनालको काठमाडौको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटनालगत्तै स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । मृतक खनाल शिक्षक हुन् । तारकेश्वर नगरपालिकामा उनी सबैको मनमा बसेका व्यक्तिमा पर्दथे ।

 

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस