२०८१ असोज १६ गते बुधवार | 2024 October 2nd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रातभर आन्तरिक उडान, काठमाडौंको आकाशमा १५ मिनेटमा आवाज

night flights

काठमाडौं । तपाइ काठमाडौंमा हुनुहुन्छ भने रातभर आकाशमा विमानको आवाज आएको सुन्नु भएकै होला । आजसम्म त यस्तो थिएन, के को आवाज होला ? भन्ने सोचिरहनुभएको छ भने नेपालमापनि अहिले रात्रिकालीन उडान भइरहेको छ ।

डडेल्धुराका राजेन्द्र ठगुन्नाले भर्खरै धनगढी विमानस्थल अवतरण भनेर रातको १२ बजे तस्बीर राखेका थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताए । तर केही दिन अघिदेखि नै विमानहरुले राति अबेरसम्म उडान गरिनै रहेका छन् ।

मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको जानकारी बताए । मन्त्री पाण्डेले भने, बाढी पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णीमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध विमानस्थल, पोखरा विमानस्थललगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छु। मन्त्रीको जानकारी भन्दा बढी विराटनगर, धनगढी, नेपालगञ्ज, जनकपुरका विमानस्थलमा राति अबेर विमान अवतरण भइरहेका छन् ।

साथै, मन्त्री पाण्डेले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान साढे चार बजेदेखि राति अपरेसनको समयमा आवश्यकता अनुसार उडान हुने जानकारी दिए।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस