२०८१ असोज १४ गते सोमवार | 2024 September 30th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको बाढीले भारतको बिहार तहसनहस, सीतामढीमा बाँध फुटेपछि सहर टापुमा परिणत

काठमाडौं । नेपालको बाढी सप्तकोसी हुँदै भारतको बिहार पुगेपछि त्यहाँ तहसनहस भएको छ । ठाउँ ठाउँका बाँध नै भत्किएका छन् । बिहारको वीरपुर र वाल्मीकिनगर ब्यारेजबाट लगातार पानी छोडेपछि अहिले पूरै राज्य बाढीको चपेटामा परेको छ। बिहार सरकारले आइतबार वीरपुर र वाल्मीकिनगर ब्यारेजबाट भारी पानी छोडेपछि राज्यको उत्तरी, दक्षिणी र मध्य भागहरूमा बाढी गएको हो ।

सीतामढीमा बाँध भत्कियो
आइतबार सीतामढी जिल्लाको मधकौल गाउँमा बागमती नदीको बाँध फुटेको र मर्मतको काम भइरहेको बताए । सीतामढीका जिल्ला मजिस्ट्रेट (डीएम) रिची पाण्डेले भने, यस घटनाका कारण गाउँलेहरूलाई सुरक्षित स्थानमा सारिएको छ र मर्मतको काम भइरहेको छ। समाचार एजेन्सीका अनुसार वीरपुर ब्यारेजबाट ठूलो मात्रामा पानी छोडेपछि शनिबार राति गोपालपुर नजिकैको कोशी पूर्व तटबन्धबाट लिकेज भएको खबर जलस्रोत विभागका इन्जिनियरहरुले दिएका थिए ।
५६ वर्षकै अधिकतम पानी
कोशी नदीमा रहेको वीरपुर ब्यारेजबाट बिहान ५ बजेसम्म ६ लाख ६१ हजार क्युसेक पानी आएको छ । जुन ५६ वर्षयताकै उच्च हो । राज्य जलस्रोत विभागको नयाँ बुलेटिनका अनुसार पछिल्लो पटक सन् १९६८ मा यस ब्यारेजबाट ७ लाख ८८ हजार क्युसेक पानी आएको थियो । अधिकारीहरूले भने कि यसले १४ जिल्लाका १६.२८ लाख भन्दा बढी मानिसहरूको अवस्था बिग्रन सक्छ । जो पहिले नै भारी वर्षा पछि बाढीबाट प्रभावित थिए। त्यस्तै गण्डकको वाल्मीकिनगर ब्यारेजबाट शनिबार राति १० बजेसम्म ५ लाख ६२ हजार क्युसेक पानी छोडिएको छ । सन् २००३ मा ६.३९ लाख क्युसेक पानी छोडेपछि यो ब्यारेजबाट सबैभन्दा बढी पानी अहिलेको हो । सावधानी स्वरुप कोशी ब्यारेज नजिक सवारी आवागमन बन्द गरिएको छ ।

९० इन्जिनियरको टोली २४ सै घण्टा काम गर्ने
जलस्रोत विभागका टोलीहरूले तटबन्धको चौबीसै घण्टा अनुगमन गरिरहेका छन् ताकि कुनै पनि कटान वा खतरा पत्ता लाग्ने वित्तिकै तुरुन्त का गर्न सकियोस्। विभागका तीन प्रमुख इन्जिनियर, १७ कार्यकारी इन्जिनियर, २५ सहायक इन्जिनियर र ४५ कनिष्ठ इन्जिनियर २४ घण्टा काम गरिरहेका छन् । उच्च सतर्कतामा छन् । राज्यका जलस्रोतमन्त्री विजयकुमार चौधरीले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

मन्त्रीले जनतालाई आग्रह गरेका छन्
उनले भने, ‘पछिल्लो दुई–तीन दिनदेखि नेपालमा परेको अविरल वर्षापछि प्रदेशभरका गण्डक, कोशी, वाग्मती, बूढीगण्डक, कमला बलन, महानन्द, वाग्मती र गंगा नदीको पानीको बहाव बढ्दै गएको छ । जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेको छ । मन्त्रीले नेपालका कारण सीमावर्ती जिल्लाका धेरै ठाउँमा नदीले खतराको तहभन्दा माथि बगिरहेको बताए ।

सीमाञ्चलका धेरै क्षेत्र जलमग्न भएका छन्

यी दुई ब्यारेजबाट ठूलो परिमाणमा पानी आएपछि नदीको बढी पश्चिम तथा पूर्वी चम्पारण, गोपालगञ्ज, अररिया, सुपौल, कटिहार, पूर्णियालगायतका जिल्लाका तल्लो क्षेत्रमा प्रवेश गरेको अधिकारीहरुले बताएका छन् । आईएमडीले भारी वर्षाको भविष्यवाणी गरेको र राज्यका केही भागहरूमा अचानक बाढीको खतराको चेतावनी दिएपछि बिहारका धेरै जिल्लाहरूमा अलर्ट जारी गरिएको छ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस