२०८१ असोज १४ गते सोमवार | 2024 September 30th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्राकृतिक विपदका कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई पनि मृतककै रुपमा मानेर परिवारलाई २ लाख दिइनेछ ।
यी लगायत मन्त्रिपरिषदका निर्णयलाई मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने पनि उनले बताए ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस