२०८१ असोज १४ गते सोमवार | 2024 September 30th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दैवी प्रकाेप कोषमा सरकारले १ अर्ब जम्मा गर्ने, प्रधानमन्त्रीसहित मन्त्रीको एक महिनाको तलब

काठमाडौं । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १ अर्ब सरकारले कोषमा जम्मा गर्ने र उक्त रकम अर्थ मन्त्रालयमार्फत जम्मा गर्ने निर्ण भएको हो ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस