२०८१ असोज १४ गते सोमवार | 2024 September 30th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबैभन्दा सास्ती वीपी राजमार्गमा, खाली खुट्टै काठमाडौं फर्किरहेका छन् सर्वसाधारण

काभ्रे । अविरल वर्षापछिको बाढी र पहिरोले ठाउँठाउँमा वीपी राजमार्ग अवरुद्ध गरेपछि काठमाडौं फर्किएका सर्वसाधारणको भकुण्डेबेसीदेखि धुलिखेल क्षेत्रमा लामो लाइन छ । रोशी खोलाको कटान र पहिरोले वीपी राजमार्ग अवरुद्ध गरेपछि काठमाडौंबाट पूर्वका विभिन्न जिल्लातर्फ गएका सर्वसाधारण काभ्रेको मंगलटारदेखि हिड्दै आइरहेका छन् ।

उनीहरु तीन दिनदेखि हिडिरहेका छन् । तत्काल राजमार्ग सञ्चालनमा आउने सम्भावना नभएपछि उनीहरु काठमाडौं फर्किएका छन् । तर उनीहरुले बाटोमा खानेकुरा र पानीसमेत पाउन सकेका छैनन् । राष्ट्रिय समाचार समितिकर्मी पुनम पोखरेलकी छोरी अर्चना पोखरेल शुक्रबार काठमाडौंका लागि हिँडेकी थिइन् । पहिरोले रोकपछि शनिबारदेखि उनी भकुण्डेबेसीसम्म पैदल जान समूहमा हिडिन् । बल्ल आज भकुण्डे आएर मोबाइल चार्ज गरेर उनी सम्पर्कमा आइन् । भोक–भोकै यात्राको पीडा सुनाउँदा आमा छोरीको रोदन मोबाइलमा नै रोकिएन ।

आइतबार नेपाली सेनाको हेलिकप्टरले वीपी राजमार्गका विभिन्न ठाउँबाट करिब २०० जनाको उद्दार गरेको थियो । तर एक हजार भन्दा बढी सर्वसाधारण त्यस क्षेत्रमा अलपत्र परेकाले उनीहरु हिँडेर काठमाडौं फर्किनुको विकल्प भएन । तर रोगी, बृद्ध, बालबच्चा र असक्तका लागि भने यो निक्कै कष्टसाध्य भएको छ ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस