२०८१ असोज १३ गते आइतवार | 2024 September 29th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोरखाबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन

काठमाडौँ । गोरखाबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । शुक्रबार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ जाँदै गरेको ना४ख २२७० नम्बरको बस हालसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले जनाएको छ ।

समितिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजे काठमाडौँ नजिक खानीखोलासम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन । बसका चालक र सहचालकसमेत सम्पर्कमा नरहेकाले बस पहिरोमा परेको हुन सक्ने आशङ्कामा सडक क्षेत्रमा पर्ने प्रहरीसँग समन्वय गरेर खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । हराएको बसको खोजी कार्यमा सहयोग गरिदिन प्रालिले आग्रह समेत गरेको छ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस