२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो, हेलिकप्टरमा काठमाडौं लगिँदै

The helicopter coming to Kathmandu made an emergency landing at Dhading

१२ असोज, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको शव भेटिएको छ । सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए ।

उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । उनका अनुसार ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको थियो । बत्सलादेवी माविमा एन्फाले गत वर्षदेखि फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो । जहाँ ४० बालकहरुले प्रशिक्षण लिइरहेका थिए ।

बाँकी ३४ जना बालकलाई पनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइने प्रमुख जिल्ला अधिकारी चिलुवालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस