२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काभ्रेमा दुईकाे मृत्य, ९ जना बेपत्ता : अरनिको र बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

काभ्रे । निरन्तरको वर्षाले काभ्रेमा हालसम्म दुई जनाकाे मृत्यु र नौ जना बेपत्ता भएका छन् । वर्षाले प्रमुख राजमार्ग हरु अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका-७ चापाखोरीमा घर भत्केर एक महिलाको निधन भएकाे हाे भने बनेपा-१० हंसदा आश्रम नजिक पुरिएका ६ वर्षका बालक युविन हुमागाईको बनेपा अस्पताल ल्याउन नसकेर सूर्यविनायक लगिएकोमा मृत घोषित भएका हुन्

त्यस्तै बनेपा नगरपालिका–१४ थलाचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

त्यस्तै, पनौती नगरपालिका–१२ कलाती मा पहिरोले घर बगाउदा दम्पती नै बेपत्ता भएका छन् । नमोबुद्ध नगरापालिका–२ श्यामपाटीमा पनि दुइ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

पनौती नगरपालिका–११ थुम्कीमा पहिरोले घर पुरीदा चार जना बेपता भएको प्रहरीले जानकारी दिएको छ । उक्त स्थानमा अहिले प्रहरी चौकी खोपासीबाट प्रहरीको टोली पुगेको छ । स्थानीय अर्जुन भण्डारीको घरमा पाहुना आएका चार जना बेपता भएका हुन् ।

पहिरोको कारण पनौती नगरपालिका–१२ कोलाती भन्ने स्थानमा स्थानीय गोपाल तिमिल्सिनाको घर पुरीदा चार जना पुरीएकोमा तिन जनाको उद्धार गरिएको छ भने एक जना अझै बेपता रहेका छन् । बनेपा १० हंसदा आश्रम नजिकै एक जना बालक पुरीएको स्थानीयले जानकारी दिएका छन् ।

पहिरोले बेथान्चोक-४ सलान्दु खोला असपासका सबै घर टहरासमेत बगाएपछि त्यहाँ बस्दै आएकाहरुको बिचल्ली भएको छ । अरनिको राजमार्ग अन्र्तगत बनेपाको पुल बजार डुबान भएपछि अहिले सबै यातयातका साधानहरु रोकिएका छन् भने बिपी राजमार्गको नेपालथोक खण्डको प्रहरी चौकी भन्दा माथीको सडक सबै नदीमा झरेको छ ।

बाढी र पहिरोले रोशी गाउँपालिका–१ फलामेसाँघुमा रहेको बजार र अस्पताल समेत पुरीएको छ । गएरातिको पहिरोले पनौती नगरपालिका–११ बल्थली स्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस