२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देशभरका यी १०१ वर्षामापन केन्द्रहरूमा वर्षाले सतर्कता तह पार, जताततै उच्च जोखिम

Five Nepalis missing in Sikkim floods and landslides have been found

काठमाडौं । देशभरका १०१ वर्षामापन केन्द्रहरूमा वर्षाले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रवाहको लागि सञ्चालन गरेको फेसबुक पेज (नेपाली बाढी) मा सूचना राख्दै उक्त जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा राखिएको सूचना अनुसार बिहान ६ः२० को मापन अनुसार देशभरका हाल सञ्चालित २६९ स्वचालित (रियल टाइम) केन्द्रहरू मध्ये १०१ केन्द्रहरूमा सतर्कता तहभन्दा बढी वर्षा भएको छ। विभागले १ घण्टामा ६०, ३ घण्टामा ८०, ६ घण्टामा १००, १२ घण्टामा १२० र २४ घण्टामा १४० मि. मि. भन्दा बढी वर्षा भएमा बाढी तथा पहिरोको लागि अलर्ट जारी गर्ने गर्दछ।

शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ । दसैंको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ । देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस