२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपत्यकाका सबै नदीहरुले खतराको बिन्दु पार गरे, राति नहिड्न आग्रह

११ असोज, काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीहरुमा पानीको सतह बढेको छ । कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको छ ।

खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार अझै पानी पर्ने भएकाले नदीको सतह अझ बढ्ने सम्भावना छ ।

नदी किनारका कोरिडोर सडकहरुमा जोखिम बढेपछि प्रहरीले रात्रिकालीन समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस