२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको नालामा मोटरसाइकल खस्यो, चालक बेपत्ता

काठमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् । खोलाले बगाएको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको हिरो मोटरसाइकल र चालकलाई खोलाले बगाएकोमा बाइकलाई खोलाबाट निकालिएको र चालक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सिन्धुपाल्चोक घर भइ हाल रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ हुन् ।
प्रहरीका अनुसार चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस