२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपा कार्यालय आएर फर्किइन् रवि पत्नी निकिता

Rabi Lamichhane cried at his in-laws because of money

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयको माहोल गर्माएको छ । पार्टीका नेता–कार्यकर्ता तथा सञ्चारकर्मी बाक्लो संख्यामा उपस्थित भएका छन् ।

राजधानी काठमाडौंमा उपलब्ध पार्टीका अधिकांश केन्द्रीय नेताहरु कार्यालयमा छन् । अहिले सभापति लामिछानेसहित नेताहरुबीच अनौपचारिक कुराकानी भइरहेको छ । सभापति लामिछानेलाई पक्राउ गर्ने हल्ला सुनेर आएको एक केन्द्रीय सदस्यले बताए ।

‘सभापतिज्यूले केही भन्नुभएको छैन, बाहिरको हल्ला सुनेर आएका हौं’, उनले भने । रविकी पत्नी निकिता पौडेल पनि केन्द्रीय कार्यालय आइपुगेकी थिइन् । उनी एक घन्टा जति बसेर केहीबेर अघि फर्किइन् ।

 

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस