२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदलात काठमाडौं अदालत ल्याइएको थियो ।

जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएकाे हाे ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस