२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपा कार्यालयमा भीड बढ्यो, सादा पोशाक र बर्दीमा प्रहरी परिचालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने पार्टी कार्यालयभित्रै छन् भने पार्टीका नेता कार्यकर्ताहरु धमाधम प्रवेश गरिरहेका छन् ।

स्रोतका अनुसार लामिछानेलाई आजै पक्राउ गर्ने सन्देश प्रहरीले पठाएको थियो । अहिले केही सादा पोशाकका र केही बर्दीका प्रहरीहरु रास्वपा कार्यालय बाहिर जम्मा भएका छन् । भित्र सञ्चारकर्मी तथा पार्टी कार्यकर्ताहरुको भीड लागेको छ ।

प्रहरीले आजै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई पक्राउ गरेको छ ।

 

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस