२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दसैँका लागि अग्रिम टिकट बुकिङ यही साताबाट, सरकार र व्यवसायीबीच ७ बुँदे सहमति

६ असोज, काठमाडौं । दसैँतिहारलाई लक्षित गरेर यही साताबाट सार्वजनिक यातायातकोअग्रिम टिकट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा शनिबार व्यवसायीससहितको बैठकले चाडपर्वमा यात्रुको सुविधाको लागि ७ बुँदे सहमति गरेको छ ।

मन्त्रालय र व्यवसायीबीच भएको सहमतिअनुसार घटस्थापना अगाडि नै सबै सडक मर्मत गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिइएको छ । बीपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारीमात्र चलाउन एवम् रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गृहमन्त्रालयमा अनुरोध गरिएको छ ।

व्यवसायीले लामो समयदेखि उठाउँदै आएको भाडादर समायोजनको माग छठपछिको हप्तामा कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउन विभागलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस