२०८१ असोज २८ गते सोमवार | 2024 October 14th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भाइरल डली चायवाला काठमाडाैं आइपुगे, यस्तो छ योजना [ भिडियोसहित ]

१ असोज, काठमाडौं । भाइरल डली चायवाला नेपाल आइपुगेका छन् । नेपाल आएसँगै पुनः उनी चर्चामा रहेका छन् । रंगीन अन्दाजमा चिया पकाउने र पस्किने यी चायवाला सोमबार बेलुकी झापाको काँकडभिट्टा हुँदै नेपाल पसेका हुन्।

उनी दुईजना अंगरक्षक र दुईजना व्यवस्थापकसहित नेपाल आइपुगेका छन् । झापास्थित भद्रपुरमा रहेको ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीका प्रतिनिधि बनेर आरिफ अलिले उनलाई नेपाल ल्याएका हुन् । अलिले डली चायवाला यहाँ घुम्न आउँदा नेपाली पर्यटनमा टेवा पुग्ने बताएका छन् । सामाजिक संजालमा भाइरल चायवाला मार्फत् विश्वका मानिसले नेपाल देख्ने उनले अपेक्षा गरेका छन्।

हिजाे बेलुकी भारतको बागडोरा विमानस्थलबाट आयोजकले चायवालालाई झापा लगेका थिए । त्यसपछि,धुलाबारीको पाँचतारे होटल मेची क्राउन प्लाजामा आफ्नाे टाेलीसहित उनले बास बसेका थिए ।

यसका साथै,चायवालाले विश्व चर्चित चिया पनि पकाएर पिलाए । झापास्थित लंका रिसोर्टमा उनले रजनीकान्ट स्टाइलमा चिया बनाएर अतिथिलाई पिलाएका थिए ।

त्यसपछि, भने झापामा केहि समय चायवालाले घुमफिर गरे । मंगलबार बेलुकी भने झापाबाट जहाज चढाएर उनलाई काठमाडौं ल्याइएकाे छ । आरिफले सामाजिक संजालमा एक भिडियाे राख्दै डली चायवाला काठमाडाैं ओर्लिएको जानकारी दिएका छन् ।

काठमाडौं आएपछि केही शैक्षिक परामर्शदाता संस्थासँग उनले भेटघाट गर्नेछन् । डली चायवालालाई हेलिकप्टर मार्फत् नै काठमाडौं तथा अन्य हिमाली भेगको भ्रमण समेत गराइने भएको छ। यसका साथै,काठमाडौंमा सेलिब्रेटीहरुलाई बोलाएर इभेन्ट पनि गरिँदैछ । यद्धपी हालसम्म चायवालासँग भेट्ने सेलिब्रेटीहरू काे काे हुन् भन्ने खुलाइएकाे छैन । काठमाडाैंमा उनी हाेटल साेल्टीमा बस्ने भएका छन् । यति मात्र नभई, डली चायवालाको पोखरा भ्रमणको तालिका रहेको छ । उनी तीन दिन पोखरा घुम्नेछन् ।

अलीले लेखेको‘फ्रम न्युटन टु नाउ’ नामक पुस्तककाे प्राेमाेसनमा सहयाेग पुगाेस् भन्ने हेतुले पनि चायवालालाई ल्याइएकाे आयाेजककाे भनाइ छ । बिल गेटससम्म अलिकाे पुस्तक पुर्‍याउन डली चायवालाले सहयोग गर्ने आशासमेत आरिफले गरेका छन् ।

डली चायावालाले विदेश भ्रमणकालागि लाखाैं लिइने बताइएकाे छ । तर खर्च भने यकिन गर्न सकिएकाे छैन । बडीगार्ड र म्यानेजरसहित पाँचतारे होटेलमा बस्दा, माउन्टेन फ्लाइट गर्दा धेरै नै खर्च भएकाे अनुमान सजिलै गर्न सकिन्छ ।

 

डली चायवाला को हुन् ?

रजनीकान्त स्टाइलमा चिया पकाउने र पस्किने उनको शैलीकै कारण डली चायवाला सामाजिक सञ्जालमा भाइरल भएका थिए । नागपुरस्थित स्टलमा चिया बेच्ने डलि चायवाला एक समय अत्याधिक चर्चित बने । विश्वकै धनाढ्य व्यवसायी बिल गेट्स उनकै स्टलमा गएर चिया पिएपछि उनको चर्चा चुलियो ।

त्यसयता उनले फर्केर हेर्नुपरेको छैन । अहिले पनि उनी कुनै बलिउड सेलिब्रेटीभन्दा कम छैनन् ।

१७ वर्षदेखि चिया बेच्ने डलीको वास्तविक नाम सुनिल पाटिल हो । वास्तवमा उनकी पूर्वप्रेमिकाले उनलाई यही नामले बोलाउँथिन् तर अहिले उनी यही नामले चर्चित भएका छन् । बलिउड सेलिब्रेटीदेखि माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलेसम्म उनको चिया पिएका छन् । अनन्त अम्बानीको वैवाहिक समारोहमा भारत आएका बिल गेट्सको टोलीले विशेष रूपमा डलीलाई हैदरावाद बोलाएर उनको र चियाको सुटिङ गरेको थियो ।

 

दक्षिण भारतीय चलचित्र र कलाकारहरूबाट प्रेरित भएर डलीले चिया बेच्ने अनौठो तरिका सिर्जना गरेका थिए । यति मात्र होइन, उनले क्याप्टेन जेस स्प्यारोबाट आफ्नो ड्रेसिङ स्टाइल पनि अपनाएका छन् । आज उनको इन्स्टाग्राममा ४१ लाख भन्दा बढी फलोअर्स छन् । उनको ठेलामा मानिसहरु चिया पिउन मात्र होइन फोटो खिच्न र अटोग्राफ लिन पनि लाइन लाउने गर्छन् ।

कहिले के त कहिले के गरेर उनी चर्चा बटुली नै रहन्छन् । केहि समयअघि, उनी निजी विमान चढेको विषयले सामाजिक संजाल तातेको छ । उनी माल्दिभ्स भ्रमणका कारण चर्चामा थिए । माल्दिभ्स पुगेर पनि उनले चिया बनाएर भिडियो राखेका थिए । विदेशीहरूलाई चिया पिलाउँदै उनले स्टाइल देखाएका थिए । त्यसअघि, ल्याम्बोर्गिनीमा उनी देखिएका थिए ।

प्रकाशित मिति : २०८१ असोज १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस