२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

३१ भदौ, जनकपुरधाम । मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा आज मधेश सरकारले सार्वजनिक बिदा दिएको छ । गृह, संचार तथा कानुन मन्त्रालयले शुक्रबार नै सूचना जारी गर्दै आज पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा रहेको जनाएको थियो ।

मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकले पैगम्बर मोहम्मदको जन्मदिनमा बिदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने आज मुस्लिम धर्मावलम्बीहरूलाई मात्रै बिदा दिएको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस