२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवनमा माइक्रो बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

३० भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ गाईघाटमा हाइस माइक्रो बसले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् । कावासोतीबाट काठमाडौं जाँदै गरेको प्र–३–०१–००५ ख ९७६६ नम्बरको माइक्रो आज बिहान ६ बजे ठक्कर दिँदा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ५ बस्ने ४१ वर्षीय सुकलाल गुरुङ गम्भीर घाइते भएका हुन् ।

घाइते गुरुङलाई सोही माइक्रो बसले उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेजमा ल्याएको छ । बाटो क्रस गर्ने क्रममा गुरुङलाई माइक्रो बसले ठक्कर दिएको थियो । उनको टाउको र खुट्टामा चोट लागेको छ । माइक्रो बस र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छन् ।

 

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस