२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य हालसम्मकै उच्च, बनायो रेकर्ड

Gold Price Today Nepal

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ उचाइ लिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ तोकेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँ बढेको हो ।

अघिल्लो दिन १ लाख ५२ हजार ४ सय रुपैयाँ थियो । यसअघि सुनको मूल्यमा भदौ २१ गते १ लाख ५३ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । चाँदीको भाउ पनि बुधबार १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँ रहेको चाँदी आज १७८० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस